ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरी र नगर प्रहरी आमनेसामने

ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरी र नगर प्रहरी आमनेसामने



काठमाडौं । थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले भने उक्त भवन भत्काउन नदिने बताएको छ ।

उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहले यो ठाउँ गुठीबाट २०३२ सालमा पाएकाले भत्काउन नदिने बताए ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर बालेन साहको आदेश कार्यान्वयन गर्ने भन्दै जबर्जस्ती गरेको आरोप छ ।

काठमाडौं जिल्ला प्रह‍री प्रवक्ता एसपी पवन भट्टराईले पनि महानगरले कुनै पनि समन्वय नगरेको बताए ।

सम्पदा क्षेत्रमा संरचना बनाइएको भन्दै महानगरले त्यहाँ डोजर चलाउन लागेको हो । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।