काठमाडौं । आठ पार्टी मिलेर बन्ने नयाँ दल नेकपा समाजवादीको चुनाव चिह्न पाँचकुने तारा राखिने भएको छ । आइतबार आठ पार्टीका नेताहरूले कात्तिक १९ गते पार्टी एकता घोषणा गर्ने १८ बुँदे सहमति गरेका छन् ।
सहमति पत्रमा नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, विप्लव समूहका चिरन पुन, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकीले १८ बुँदे प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा हस्ताक्षर गरेको सहमतिपत्रमा पार्टीको नाम खाली राखिए पनि चुनाव चिह्न पाँचकुने तारा रहने उल्लेख छ ।
आगामी ६ महिनाभित्र एकता राष्ट्यि महाधिवेशन गर्ने तथा पार्टीको मार्गनिर्देशक सिद्दान्त माक्र्सवाद लेलिनवाद हुने छ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिने उल्लेख छ ।



प्रतिक्रिया