काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २७ गते एमालेले नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्ने बताएका छन् ।
प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै जनता कसको साथमा छन् भन्ने कुरा देखाउनको लागि एमालेले महाधिवेशनअघि सभा गर्न लागेको बताए ।
महासचिव पोखरेलले भने, ‘मंसिर २७ देखि २९ गतेसम्म हामीले ११ औँ महाधिवेशन गर्दैर्छौँ । अहिले जनता दलबाट अलग भइसके भन्ने भाष्य निर्णय गर्न खोजिँदै छ । त्यसलाई गलत सावित गर्ने गरी कात्तिक २२ गते देशैभरी सबै वडामा एकसाथ वडास्तरिय जनभेला गर्छौँ । २५ गते पालिकामा गर्छौँ । २९ गते जिल्लामा, मंसिर ६ गते उपत्यका स्तरीय सभा गर्दैर्छौँ । मंसिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्दैर्छौँ । हामी देखाउन चाहन्छौँ । जनताका कसमा छन् भन्ने कुरा ।’
‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं,’ उनले भने ।
जनता कहिल्यै पनि हिंसा, लुटपाट र अराजकताको साथ नहुने बताए ।
त्यसैगरी महासचिव पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनर्स्थापना हुने दाबी गरे । उनले सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले नचिनेको बताए ।
उनले भने, ‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौँ ।’
उनले संवैधानिक परीक्षणमा अहिलेको सरकार खरो उत्रिन सम्भव नभएको जिकिर गरे । उनले कांग्रेस बैठकबाट बाहिर निस्केपछि साझा धारणा बनेर मुलुकलाई संवैधानिक बाटोमा फर्काउने बताए ।
उनले विगतमा पार्टी छाडेर गएकहरुलाई एमालेमा फर्किन कुनै अनुमति लिनु नपर्ने बताए ।
उनले थपे, ‘घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन। आउनुस् तपाईँहरूको योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिन्छ । तर सर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस् । फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन । नीति र नेतृत्वमा सहमत हुने जोकोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार नै छौँ ।’


प्रतिक्रिया