जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा



काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।