काठमाडौं । सरकारले यसअघि बोलाएका विभिन्न ११ देशका राजदूतलाई कात्तिक २०गतेभित्र मन्त्रालयमा हाजिर हुन फेरि पत्र पठाएको छ ।
आइतबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगर्नू भन्दै अल्पकालीन आदेश जारी गरेको थियो ।
सर्वोच्चले फिर्ता नगर्न अन्तरिम आदेश दिएको भोलिपल्ट परराष्ट्रमन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले उनीलाई मन्त्रालयमा हाजिर हुन भनेकी हुन् ।
अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि कार्कीले नै लिएकी छन् ।
परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा हाजिर भइ कामकाज गर्नेगरी फिर्ता हुन पत्र पठाइएको जानकारी दिए ।


प्रतिक्रिया