पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुनवल नगरपालिका–१३ घ्यु डल्ला बस्ने ५५ बर्सिया भीमकला थापाको उनका श्रीमान् ६२ वर्षीय खड्गबहादुर थापाले हत्या गरेको प्रहरीले जनाएको छ ।
घरको गेटबाट बाहिर निस्कने क्रममा भीमकलालाई श्रीमानले धारिलो हतियार प्रहार गरेका थिए । गर्धन र ढाडमा खुर्पा (हसिया) प्रहार गरेपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागी बुटवल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।
श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया