नेता खतिवडाप्रति समवेदना व्यक्त गर्न प्रधानन्यायाधीशको टोली भण्डारेश्वरमा

नेता खतिवडाप्रति समवेदना व्यक्त गर्न प्रधानन्यायाधीशको टोली भण्डारेश्वरमा


ग्लोब नेपाल
24.6k
Shares

काठमाडौं । स्वर्गीय जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न र शोकाकूल परिवारप्रति समवेदना दिन प्रधानन्यायाधीश प्रकाशबहादुर राउत, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र हरिकृष्ण कार्की बिहीबार भण्डारेश्वर मन्दिर पुगेका थिए । उक्त मन्दिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसांसद रामहरि खतिवडाका पिता जीवनाथको मृत्युपर्यान्त गरिने कर्म भइरहेको छ ।

प्रधानन्यायाधीश राउतलगायत पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र कार्कीले शोकाकुल खतिवडा परिवारलाई भेटेर समवेदना व्यक्त गर्नुका साथै शोक पुस्तिकमा हस्ताक्षर गरेका थिए । शोक व्यक्त गर्ने र समवेदना दिन जानेहरुको यतिबेला भण्डारेश्वर मन्दिर क्षेत्रमा ठूलै भिड लाग्ने गरेको छ ।

राजनीतिक दलका नेता तथा कार्यकर्ता मात्र होइन, विभिन्न जिल्लामा रहेका नेता खतिवडाका शुभेच्छुकहरु शोक व्यक्त गर्न र समवेदना दिन जानेहरुको दैनिक लाम लाग्ने गरेको छ ।

७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा गत आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय खतिवडाका पत्नी, एक छाेरी र छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।