काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गरेकी छन् । ट्वीटर (एक्स)मार्फत् उहाँले विस्फोटप्रति दुःख व्यक्त गरेकी हुन् ।
उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरिएको पोस्टमा प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतको साथमा रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री काकीले लेखेकी छन्, ‘हिजो साँझ भएको दुःखद् दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु ।’
विस्फोटमा परेर अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


प्रतिक्रिया