मधेसमा मुख्यमन्त्रीको पदभार जारी रहँदा बाहिर झडप

मधेसमा मुख्यमन्त्रीको पदभार जारी रहँदा बाहिर झडप



जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको पदभार जारी रहँदा बाहिर झडप भएको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारले प्रदेश प्रमुख कार्यालयको गेटमा ‘हाम्रो जित भयो, यो मुख्यमन्त्रीको पद चाँडै जाँदैछ’ भनेर सम्बोधन गर्दै गेटबाट प्रवेश गरेका थिए ।

उनीसँगै प्रदर्शनकारीहरू पनि प्रवेश गरेपछि प्रहरीले गेट थुनेको थियो ।

विरोध प्रदर्शनका क्रममा मधेश भवन बाहिर सांसद र राजनीतिक दलका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

त्यस क्रममा प्रहरीले विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज समेत गरेका छन् ।

प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ । जसका कारण अहिले मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।