यी हुन् कुलमान नेतृत्वको दलले आयोगमा बुझाएको केन्द्रीय कमिटीमा रहने सदस्यहरू

यी हुन् कुलमान नेतृत्वको दलले आयोगमा बुझाएको केन्द्रीय कमिटीमा रहने सदस्यहरू


ग्लोब नेपाल
189
Shares

काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मंगलबार साँझपख मात्रै उक्त पार्टीले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची आयोगमा बुझाएको हो ।

केन्द्रीय कमिटीमा ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू रहेको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।

यसअघि नै निर्वाचन आयोगमा रहेको उज्यालो नेपाल पार्टीमा केन्द्रीय कमिटी र विधान थप गर्दै मंगलबार उक्त सूची बुझाइएको लामाले बताए ।

‘हाम्रो यो नाम पहिल्यै आयोगमा थियो । अहिले त्यसमै केन्द्रीय कमिटी र विधान थप गरेका हौँ,’ उनले भने, ‘पूर्वसचिव अनुपकुमार उपाध्यायकै नाममा पहिल्यै भएको नाममा यी अपुग भएका विवरण थप गरेका हौँ।’

यसमा हिजो सुदन समूहका जेन जेडका प्रदेश संयोजक पनि थिए । तर, मंगलबार उनीहरूले अहिले केन्द्रीय कमिटीमा नआउने, पछिल्लो चरणमा सहकार्य गर्ने भनेपछि सोमबारको सहमतिमा हेरफेर गर्नुपरेको सो पार्टीले जनाएको छ ।