काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ विन्दुमा झरेको छ ।
आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९८ वटा कम्पनीको शेयर घटेकोमा ४९ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज दरमखोला हाइड्रो इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव ७२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन भूगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार भने बढेको छ । हिजो ३ अर्ब ६२ करोडको कारोबार भएकोमा ३ सय २१ वटा कम्पनीको ८४ लाख ४ हजार कित्ता शेयर ३ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया