काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गरेका छन् ।
आज पदभार ग्रहणपछि उनले नीति निर्माण समिति (पीसीसी) बैठकमार्फत प्रहरी कल्याण कोषबाट खर्च हुने गरी सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेका हुन् ।
५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने कर्जा स्वास्थ्य, शिक्षा, घरायसी समस्यालगायतका आकस्मिक अवस्थामा दिइनेछ । कर्जाको सीमा २ लाख रुपैयाँसम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकबाट आईजीपीमा बढुवा भएका कार्कीले आज जिम्मेवारी सम्हालेका हुन् ।


प्रतिक्रिया