काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दल सडकमा उत्रिएका छन् । एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै शनिवार जनकपुरमा जनप्रदर्शन गरेको हो ।
नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक, गैरनैतिक र गैर राजनीतिक हर्कत गरेको विपक्षीको आरोप छ ।
एक नेताले भने, ‘सत्ताको लोभमा एमालेले असंवैधानिक रूपमा नेकपा एमालेका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले गैरकानुनी तबरले नियुक्त गर्यो । अब सभामुखले कानुन विपरीत प्रतिशोधको राजनीतिक तबरले पाँच जना माननीय सदस्यहरूलाई कारबाही गरेको छ ।’
सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो । सो बीच सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए ।
उक्त कदमको विरोधमा पनि सात दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया