काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पालिकाको काम नगरवासीको संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् ।
आइतबार (कात्तिक ३०) आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘जेनजी’ आन्दोलनका क्रममा ललितपुर महानगरले दमकल सेवा आफ्नो क्षेत्रमा मात्रै नभई काठमाडौं महानगरपालिकामा समेत दिएको उनले उल्लेख गरे ।
सिंहदरबार, सर्वोच्च अदालतलगायत स्थानमा ७९ पटक दमकल सेवा दिइएको उनले जानकारी गराए ।
“…हाम्रो दमकलमा फमको व्यवस्था छ । जानासाथ पानीले हान्ने होइन, फम हान्छ । हाम्रो दमकलबाट देखिने गरी आगो निभेको हुन्छ,” उनले भने ।उनले मन्त्री क्वार्टर जलेको फोन आएपछि दमकल पठाइएको तर आन्दोलनकारीले बाधा सिर्जन गरेका बताए ।
प्रमुख महर्जनले नगरवासीका निम्ति गर्नुपर्ने आवश्यक काम आफूहरूले क्रमशः पूरा गरिरहेको जिकिर गरे ।आगो निभाउन गएको दमकलमा समेत आन्दोलनकारीले आगो लगाएका उनले बताए ।
अब अत्याधुनिक दुई दमकल खरिद गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
अपांगता भएका व्यक्तिहरूका निम्ति खरिद गरिएको बसमा समेत आगजनी भएको भन्दै उनले अब झनै अत्याधुनिक गाडी किन्ने बताए ।


प्रतिक्रिया