काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको हो ।
रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो ।
अन्तरिम आदेशका सम्बन्धमा आइतबार हुने सुनुवाइ भोलि सोमबार हुने छ ।
मधेश सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ ।
त्यसविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।


प्रतिक्रिया