दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रशासनले अनुमति दिएको हो ।

“अब हिरासतमा राखेर सोधपुछ तथा थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ,” काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने। उनका अनुसार प्रसाईंले सार्वजनिक शान्तिमा खलल पुग्ने किसिमका अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।