केपी ओली बोलिरहँदा पृथ्वी सुब्बा गुरुङ मस्त निन्द्रामा

केपी ओली बोलिरहँदा पृथ्वी सुब्बा गुरुङ मस्त निन्द्रामा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आज मंगबलबार एमालेको मुख्यालय च्यासलमा विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलको बैठक बसेको थियो । पार्टी संसदीय दलका नेता तथा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा अध्यक्ष ओलीले संसद् विघटन र पुनर्स्थापनाबारे सम्बोधन गर्दै थिए । अध्यक्ष बोलिरहँदा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने मस्त निन्द्रामा थिए । एउटै लाइनमा भएकाले त्यो दृश्य अध्यक्ष ओलीले देख्न भने पाएनन् ।

पटक पटक संसदमा पनि उनी निदाएको रेकर्ड भेटिन्छ । त्यसबेला उनले औषधि सेवनले गर्दा निन्द्रा लाग्ने स्पष्टिकरण दिएका थिए ।