बचत रकम फिर्ताको माग गर्दै सहकारीपीडितहरू धर्नामा

बचत रकम फिर्ताको माग गर्दै सहकारीपीडितहरू धर्नामा



काठमाडौं । न्यायको खोजी गर्दै आएका सहकारीपीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा धर्ना दिएका छन् ।

शुक्रबार पीडितहरूले आफूहरूको बचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित समितिको कार्यालयमा धर्ना दिएका हुन् ।

सरकारले सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरू आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरूले आफूहरूको बचत रकम तत्काल फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका छन् ।

धर्नाका क्रममा उनीहरूले सबै पीडितहरूलाई एकताबद्ध हुन पनि आग्रह गरेका छन् ।