काठमाडौं । एमालेले निकै तामझामका साथ आज घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डर नै ७ वटा फौजदारी मुद्दाका अभियुक्त रहेको खुलासा भएको छ ।
प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ । श्रेष्ठविरुद्ध ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठ २०६३ देखि अपराध कर्ममा संलग्न रहेको प्रहरी रेकर्डमा देखिन्छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेता भानुभक्त ढकालले सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नेसनल भोलेन्टियर्स फोर्स’को घोषणा गरेका थिए ।


प्रतिक्रिया