काठमाडौं । लगातार दोस्रो दिन उच्च अंले बढेको शेयर बजार आज सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३२ अंकले बढेर २ हजार ६ सय ५५ दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, जीवन बीमा, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल र उत्पादन समूहको शेयर १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज १ सय २२ वटा कम्पनीको शेयर बढेकोमा १ सय २५ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएका छैन ।
आज झापा इनर्जी, सागर डिस्टिलरी, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै ५ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया