युवा विद्यार्थी आरोहण भन्छन्– ‘जेनजी पुस्ता स्वदेशमै आत्मनिर्भर हुन ‘पेमेन्ट गेट–वे’ बाधक’

युवा विद्यार्थी आरोहण भन्छन्– ‘जेनजी पुस्ता स्वदेशमै आत्मनिर्भर हुन ‘पेमेन्ट गेट–वे’ बाधक’


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । आरोहण पौडेल अहिले कक्षा दशमा अध्ययनरत विद्यार्र्थी हुन् । उनी १५ बर्षको किशोरावस्थामा हिंड्दै छन् । भविष्यमा स्वदेशमै बसेर केही गरौं भन्ने हुटहुटी उनमा छ । यही तिब्र चाहनालाई साकार पार्न दुई बर्षको मेहनत लगाएर एउटा सफ्वेयर बनाउन शुरु गरे । अथक मिहेनत र परिश्रमले सफट्वेयर बनिसकेको छ । उनले यसमार्फत ठूल्ठूला अमेजन जस्ता कंपनीहरुको सामानहरु आफ्नो पसल जस्तो अनलाइन् स्टोरहरुमा बेच्न थालेका छन् । किशोर विद्यार्थी आरोहणले ‘प्रोफिट मार्जिन’ राखेर विभिन्न सामानहरु विक्री गर्ने काम गर्दछन् ।

‘सामनहरु विक्री भएपछि अमेजनहरुले सामान पठाउँछन् र मैलेचाहीँ कमिसन पाउँछु । यस्लाई बिजनेसको भाषामा ‘ड्रपसिपिङ’ पनि भनिन्छ,’ आरोहणले आफ्नो परिश्रमको फल सुनाए, ‘यो संसारको कुनै कुनामा बसेर इन्टरनेटको माध्यमबाट विश्वभर गर्न सकिने इकमर्स व्यवसाय हो ।’ यस्लाई अर्को अर्थमा अनलाइनको माध्यमबाट गरिने एक किसिमको ‘रिटेल विजनेस’ भनेर बुझ्न पनि सकिन्छ । यसमार्फत व्यवसायीले उपभोक्ताबाट सामानको अर्डर लिने र तेस्रो पक्षको स्टोरबाट सामान लिएर आपूर्ति गराइ बीचमा नाफा लिने काम हुन्छ । ‘ड्रपसिपिङ’ मा कुनै पनि किसिमको ‘स्टक’, भण्डारण वा ‘इन्भेन्ट्री’ राखिएको हुँदैन ।

उनका अनुसार अहिले नेपाल सरकारले सुविधा प्रोभाइड नगरेका कारण समस्या उत्पन्न भएको छ । यस्लाई कहीँ दर्ता गर्नुपर्दैन । तर बैंक खाताहरु भने चाहिन्छ । नेपालमा भएका कानुनबाट इन्टरनेशनल ट्रान्जेक्सन गर्न सुविधा नदिइएको कारण समस्या परेको गुनासो उनको छ । यो बिजनेस भने लिगल छ । तर राष्ट्र बैंकले यस बिषयमा सहजिकरण गर्ने कानुन नल्याएका कारण आरोहण जस्ता स्वदेशमै गरिखाने युवा पुस्ताहरु समस्यामा छन् । कानुन नहुँदा पैसा निकाल्न दुःख, हैरानी, झञ्झटको सामना गर्नुपरिरहेको छ । आरोहण भन्छन्, ‘राष्ट्र बैंकसँग कुरा हुँदा हामीले सहजीकरणका लागि कानून ल्याउँदै छौं भनेर चार पाँच बर्षदेखि भनिरहनुभएको छ । तर प्रगति भएको छैन । बिजनेसका लागि ‘इकम कार्ड’ को सुविधा त छ, तर पाँच सय डलरको मात्र सुविधा हुन्छ । त्यो भन्दा बढीका लागि छुट्टै बैंक अकाउण्ट चाहिन्छ ।’

तर अहिले आरोहण १५ बर्षको भएका कारण आफ्नो नाममा दर्ता गर्ने अवस्था छैन । यस्कारण पहिले त ‘पे मेण्ट गेट वे’ सम्वन्धि कानुन अवस्यक पर्दछ । सरकारले कानून नै ल्याएर युवा सफ्टवेयर डेभलोपरहरुलाई एपहरु बनाउ भनेर अनुमती दिनुपर्ने उनको भनाई छ । आफुले व्यक्तिगत तहबाट कसरी पैसा कमाउने भनेर विभिन्न युवाहरुलाई सिकाइरहेका पनि छन् । तर नेपालको कानूनले इन्टरनेसलन रुपमा सुविधा ट्रान्जजेक्सनको सहजिकरण नगरिदिँदा जटील समस्या भइरहेको छ । आरोहण मात्र होइन, स्वदेशमै केही गरौं भन्ने उनी जस्ता युवाहरुको उत्साहमा चोट पुगेको छ । सफट्वेयर मार्फत गर्ने काम गैरकानुनी होइन । तर पनि नेपाल सरकार, राष्ट्र बैंक जस्ता निकायले कानूनमा सहजिकरण गरिदिएको छैन किन ? भन्ने प्रश्न उठिरहेको छ ।

इकमर्समा उत्साही आरोहण समस्या यसरी पोख्छन्, ‘बाहिर काम गर्न ‘ई–कम कार्ड’ भन्ने हुन्छ । त्यो कार्ड विक्रेताहरुका लागि उपलब्ध गराइएको हुन्छ । तर समस्या के छ भने केबल पाँच सय डलरको मात्र लिमिट हुन्छ । त्यसभन्दा बढी खर्च गर्नका लागि रजिष्ट्रर कंपनीका अनुसार बैंकमा छुट्टै एकाउण्ट खोल्नुपर्ने हुन्छ ।’ उनले अहिले एक सय ४० देशमा सामानहरु सेल गर्ने गरेको पनि कुराकानीमा सुनाए । तर त्यस्ता सामानरु विदेशीलाई बेच्ने गरे पनि डलरमा पैसा आउनका लागि धेरै उनले बाधाहरु खेपेका छन् ।

‘प्रक्रिया पुरा गर्नका लागि यो मिलेन, त्यो मिलेन भनेर अल्झाउने गरिएको हुन्छ । प्रत्यक्ष रुपमा खातामा डलर ल्याउन नसक्ने अवस्था छ । विदेशमा गएर खाता खोलेर काम गर्न समस्या छैन । तर स्वदेशमै बसेर काम गर्छु भन्ने भावना भएकाहरुलाई ठूलो समस्या भइरहेको छ,’ उनले भने ।

अनेक बाधा अड्चनका विच नेपालमै रोजगारी बढाउने कसरी त ? सरकार र राष्ट्र बैंकले सहजिकरणमा ध्यान दिनुपर्ने सुझाव उनको छ । किशोर विद्यार्थी आरोहणका अनुसार पेमेन्ट गेट–वेको सुविधा हुँदा मुलुक बाहिरको इलेक्ट्रोनिक भुक्तानीको असहजता हट्ने छ । गेटवे सञ्चालनमा आएका खण्डमा काम गर्न चाहनेहरुले भौतिक झञ्झट व्यहोर्नुपर्दैन । बैकहरूमा जानुपर्ने, पैसा तिर्न लाइनमा बस्नुपर्ने जस्ता बाध्यताको समेत अन्त्य हुने छ । ‘इकमर्स’ का लागि पेमेन्ट गेट–वे अनलाइन भुक्तानीको महत्वपूर्ण पूर्वाधार हो । अरु विभिन्न माध्यमको विकल्प खोज्नुनपर्ने गरी भुक्तानीहरू सहज र सरल बनाउन नेसनल पेमेन्ट गेट–वकोे अपरिहार्यतामा जोड दिन्छन् आरोहण ।

‘राज्यले सुविधामा बृद्धि गर्दै जाँदा हरेक दिन दुई–तीन हजार नेपाली युवाहरु बाहिर जानेक्रम रोकिन्छ । अर्कातिर त्यस्को सट्टा विदेशीहरु नै नेपालमा आएर काम गर्न पनि सक्छन्,’ उनको भनाई छ, ‘उनीहरुको अण्डरमा रहेर काम गर्नुभन्दा हाम्रो अण्डरमा रहेर विदेशीहरुले काम गर्ने अवस्था ल्याउन पनि असंभव छैन । यस्ले गर्दा नेपालका इकोनोमीको अवस्था पनि राम्रो हुन्छ । अर्कातिर देशमा रोजगारी र समृद्धिको ढोका खुल्ने छ । समग्रमा देशलाई फाइदा हुने काममा सरकारको किन ध्यान पुगेको छैन ?’

यस्ता जटीलताको बिषयमा सरकार सम्बद्ध थुप्रै निकायमा कुराकानी पनि नभएको होइन । भेटमा समस्या समाधानका लागि काम गर्छौं भनेर सकरात्मक कुरा पनि हुने गरेको उनले सुनाए । तर काम अघि बढीरहेको छैन । यो कामका लागि मुख्य गरेर राष्ट्र बैंकले पहलकदमी लिनुपर्ने छ । यो समस्या हल गर्न सके घरमै बसीबसी सहज रुपमा रोजगारीको सिर्जना गर्ने वातावरण बन्ने आत्मविश्वास आरोहणमा छ । ‘एकातिर रोजगारीका लागि ठूलो संख्यामा युवाहरु विदेश पलायन हुने समस्या रोकिन्छ भने अर्कातिर स्वदेशमै समृद्धि हासिल भई रोजगारीको सिर्जना हुँदा हुँदा अहिले जस्तो जेन–जी पुस्ता सडकमा आएर रगत बगाउनु पनि पर्दैन,’ कुराकानीको विट मार्दै विद्यार्थी आरोहणले भने ।