लगातार चाैथाे दिन बढेकाे शेयर बजार २ हजार ६ सय ६५ विन्दुमा

लगातार चाैथाे दिन बढेकाे शेयर बजार २ हजार ६ सय ६५ विन्दुमा



काठमाडौं । शेयर बजार लगातार चौथो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ६१ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज फाइनान्स, लगानी, बीमा, म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय ४२ वटा कम्पनीको शेयर बढेकोमा १ सय ४ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज झापा इनर्जी, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने सबैभन्दा धेरै ३ दशमलव ९४ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।