मंसिर १२ गते कांग्रेसको नियमित महाधिवेशनको पक्षमा बृहत भेला हुने

मंसिर १२ गते कांग्रेसको नियमित महाधिवेशनको पक्षमा बृहत भेला हुने


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । नेपाली काङ्ग्रेस सम्वद्ध युवा विद्यार्थीहरुले मंसिर १२ गते नियमित महाधिवेशन पक्षमा बृहत् भेला आयोजना गर्ने भएका छन । नियमित महधिवेशनका पक्षमा तिनकुनेस्थित रोयल बैंक्वेट बिहान ११ बजे बृहत् भेला आयोजना गर्ने भएका हुन ।

कार्यक्रमको तयारी स्वरुप आज जमलस्थित येल्लो प्यागोडामा बैठक बसेको थियो । बैठकमा वाग्लुङ कांग्रेस सभापति जीत शेरचन, तरुण दल अध्यक्ष विद्वान गुरुङ, महिला संघ अध्यक्ष उषा मिश्र, नेपाल किसान महासंघ अध्यक्ष गणेश चन्द्र तिमिल्सिनालगायतको उपस्थित रहेको थियो ।

नेपाली कांग्रेस समवद्ध महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा एवं बिधार्थी संघ केन्द्रीय सदस्यहरु, आस्थावान युवा विधार्थीहरु बैठकमा सहभागी थिए । कार्यक्रमको दिन विभिन्न ठाउँबाट र्‍यालीसहित कार्यकर्ता उपस्थित हुने जानकारी बैठकमा गराइएको छ ।

कार्यक्रमा नियमित अधिवेशनको भावनामा वक्ताहरुले सम्बोधन गर्ने कुराको जानकारी विधार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए ।