काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुरमा बसेको बैठकमा उपकुलपति दीपक अर्यालले पेश गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन संरक्षण गर्न तारबार र घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारका निकायमार्फत कारबाही गरिने, काठमाण्डाैबाहिरका जग्गा खोजबिन गर्न समिति गठन गरिने उल्लेख छ । क्याम्पसहरूको समेत जग्गा जमिन खोजी गर्ने त्रिविले जनाएको छ ।
बैठकमा शिक्षामन्त्री महावीर पुनले त्रिविको जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने भन्दै योसँगै राजनीतिक भागबन्डा अन्त्य गरेर विश्वविद्यालयको सुधार गर्नुपर्ने बताए ।
त्रिविको झन्डै २५ रोपनी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदनका आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले छानबिन थालेको छ ।


प्रतिक्रिया