नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । मलेसियालाई ९ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको नेपाल फाइनलमा पुगेको छ । मलेसियाले दिएको ५१ रनको लक्ष्य नेपालले १ विकेटको नोक्सानमा ७ ओभर ५ बलमा पूरा गरेको हो । जीतका लागि भान्स क्षेत्रीले २३ र निश्चल क्षेत्रीले १५ रनको योगदान दिएका थिए । ओपनर निरजकुमार यादव ४ रन बनाएर आउट भएका थिए ।

त्यसअघि अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । मलेसियाका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका नितिसकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले १–१ विकेट लिए । खेल जित्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डि’का विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।