एनपिएल : काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिंग गर्दै कर्णाली

एनपिएल : काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिंग गर्दै कर्णाली


ग्लोब नेपाल
27
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ अन्तर्गत आइतबारको खेलमा काठमाडौं गोर्खाज विरुद्ध टस जितेर कर्णाली याक्सले ब्याटिङ सुरु गरेको छ ।

सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।