एमालेको महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्छ : अध्यक्ष ओली

एमालेको महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्छ : अध्यक्ष ओली

‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने काम हुँदैन, स्वच्छ प्रतिस्पर्धा हुनेछ’


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन् ।

एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतिक चिह्न सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रूपान्तरण र पुस्तन्तरणका लागि केन्द्रित हुने स्पष्ट गरे ।

‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुने छ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन’, अध्यक्ष ओलीले भने, ‘चुनाव लड्न पाइन्छ तर अध्यक्षका रूपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’

अध्यक्ष ओलीले सहमतिका साथ लड्न र सहमतिका साथ अघि बढ्न आग्रह गरे । उनले केन्द्रीय सदस्य पनि सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने ओलीको भनाइ थियो ।

उनले पार्टी पुनर्गठन, हस्तान्तरण पुस्तान्तरणको आवाज उठिरहेको बताउँदै आवश्यकता अनुसार हुने बताए । ओलीले भने, ‘त्यसैका लागि हो अधिवेशन चाहिने ।’