कांग्रेस महाधिवेशन पुस २६ देखि २९ मा गर्न प्रस्ताव

कांग्रेस महाधिवेशन पुस २६ देखि २९ मा गर्न प्रस्ताव


ग्लोब नेपाल
8.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्न प्रस्ताव गरिने भएको छ ।

असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको बताइएकाे छ ।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले पेस गर्ने बताइएकाे छ ।