हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य घट्याे

हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य घट्याे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव २८ प्रतिशतले घटेर २ हजार ६ सय ४५ दशमलव २४ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय २६ वटा कम्पनीकाे शेयर घटेकाेमा १ सय २४ वटाकाे बढेकाे छ । यस्तै ८ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।

आज निफ्रा ग्रीन इनर्जी डिबेन्चर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ ।