एनपीएल खेल्न काठमाडौं आइपुगे फाफ डु प्लेसिस

एनपीएल खेल्न काठमाडौं आइपुगे फाफ डु प्लेसिस


ग्लोब नेपाल
0
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किङ्ग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न काठमाण्डौ आइपुगेका छन् ।

४१ वर्षीय डु प्लेसिस केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई विमानस्थलमा विराटनगर किङ्ग्सका प्रतिनिधिले स्वाग गरे । डु प्लेसिसले अब विराटनगरका बाँकी खेलहरू खेल्नेछन् ।

एनपीएलमा भोलि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १२ बजे चौथो स्थानको चितवन राइनोज र पुछारमा रहेको जनकपुर बोल्ट्स खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे छैटौं स्थानको कर्णाली याक्स र सातौं स्थानको पोखरा एभेन्जर्स खेल्दैछन् ।