सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पार्टीको विधानअनुसार स्थानीय तहदेखि संघीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गरेको बताएका छन् ।

भविष्यमा पनि यस्तो सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने पार्टीको प्रतिबद्धता उनले सन्देशमा दोहोर्‍याएका छन् । नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशितालगायत विषयहरूलाई काँग्रेसले निरन्तर संरक्षण गर्दै आएको कार्यवाहक सभापति खड्काले सन्देशमा उल्लेख गरेका छन् ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । पार्टीले २६/२८ पुसमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि लामो समयपछि समितिको बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सानेपामा बस्ने तय भएको बताइएको छ । बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरु गर्नलगायतका निर्णयको विषयमा छलफल हुने बताइएको छ ।