काठमाडौं । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् ।
नेपाल–जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि तोरुले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोर्याएका छन् ।
भेटमा प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सदभाव रहने विश्वास व्यक्त गरेकी छन् ।


प्रतिक्रिया