एमालेको प्रतिनिधि छनोट विवादः च्यासलमा कार्यकर्ताबीच हात हालाहाल

एमालेको प्रतिनिधि छनोट विवादः च्यासलमा कार्यकर्ताबीच हात हालाहाल


ग्लोब नेपाल
432
Shares

काठमाडौं । एमालेको मुख्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच आज हात हालाहाल भएको छ । आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए ।

उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए । सो क्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको हात हालाहाल भएको हो ।

एमालेको महाधिवेशन उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । उक्त प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी जनजाती लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू च्यासल पुगेका थिए । सो क्रममा उनीहरूले चर्को स्वरमा डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति व्यक्त गरे ।