ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै

ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै


ग्लोब नेपाल
243
Shares

काठमाडौं । आज (सोमबार) एमालेको ईश्वर पोखरेल समूहले पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा हुने भएपछि पोखरेल समूहले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो समूहका कुरा राख्न लागेको पोखरेल समुहका एक नेताले जानकारी दिए ।

बागबजारको हार्दिक होटलमा बिहान पत्रकारहरूसँग भेटघाट भनेर बोलाइएको कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुने बताइएको छ ।

यसअघि एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली निकटका एमाले पदाधिकारीहरूलाई बोलाएर ओलीको पक्षमा खुल्न लगाएको थियो ।

पोखरेललाई पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहले समेत साथ रहेको बताइन्छ ।