नाबालिका बलात्कार अभियुक्त एमाले नेता साह भारतबाट पक्राउ

नाबालिका बलात्कार अभियुक्त एमाले नेता साह भारतबाट पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेकपा एमालेका नेता एवम् व्यवसायी शिवशंकर साह (हिरा) भारतबाट पक्राउ परेका छन् । शाहले सञ्चालन गरेको होटलमा केही दिनअघि नाबालिकाको बलात्कार भएको थियो । त्यसैको आरोपमा उनी भारतको बिहारबाट पक्राउ परेका हुन् ।

यसअघि उनका दाजु मनोज साह पक्राउ परिसकेका छन् । मङ्गलवार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जिम्मा लगाइएको हो ।

यसै मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामासमेत पक्राउ परेका छन् । साह प्रदेश उद्योग वाणिज्य संघ मधेसका पूर्वअध्यक्षसमेत हुन् ।