काठमाडौं । सन् २०२२ देखि सुरु भएको रुस–युक्रेन युद्धमा परेर ४० बेलायती नागरिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।
रुसी सरकारी मिडिया आरटीका अनुसार बेलायतले भने ४० जनाको मृत्युबारे औपचारिक रूपमा स्वीकार नगरे पनि एक जना सैनिकको मृत्यु भएको मात्र जनाएको छ ।
मंगलबार बेलायती रक्षा मन्त्रालय र प्रधानमन्त्री केइर स्टार्मरले ती सैनिक सहयोगी कार्य गर्दैगर्दा मारिएको भन्दै समवेदना व्यक्त गरेका छन् । तर, बेलायतले उनी फ्रन्टलाइनमा नरहेको दाबी गरेको छ ।
युक्रेनमा पुगेका विदेशी सैनिक वा नागरिकलाई जायज निशाना मानिने भन्दै आउँदै आएको रुसले पुनः यही धारणा दोहोर्याएको छ ।


प्रतिक्रिया