जनकपुरधाम । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा राउतले मानवअधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको बताए । मानवअधिकारमा राजननिति प्रवेश गरेमा त्यो विशाक्त हुने उनको भनाइ छ ।
राजनीतिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा राउतले जोड दिए । मानवअधिकार न्यायसँग जोडिएको विषय भएकाले पनि बढी संवेदनशील हुने उनको भनाइ छ ।
गत भदौ २४ गतेको आन्दोलनको क्रममा अदालत, बार एसोसिएसन सबै जलाइएको प्रधानन्यायाधीश राउतको भनाइ छ । आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको उनले बताए । अदालत, अदालतमा भएका हजारौँ मुद्दाका मिसिलहरू जलाइए पनि अदालतले दिने न्याय र निष्ठा नजल्ने उनको भनाइ छ ।


प्रतिक्रिया