ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्‍यो महान्यायाधिवक्ता सबिता भण्डारीलाई निलम्बन

ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्‍यो महान्यायाधिवक्ता सबिता भण्डारीलाई निलम्बन



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ ।

भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो । उनी विवादमा जोडिएपछि उक्त निर्णय गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए ।

‘सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उहाँको पदलाई तत्काल स्थगनमा राखिएको छ ।’ महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन् ।