कारकास । अमेरिका र भेनेजुएलाबिच तनाव बढ्दै गर्दा भेनेजुएलाको विदेश व्यापार ठप्प हुने देखिएको छ । तनाव चुलिँदै गर्दा अमेरिकाले भेनेजुएलासँगको सबै विदेशी व्यापार रोकेको हो ।
अमेरिकाले भेनेजुएलाको अर्को व्यापारिक जहाज पनि कब्जा गरेको छ । यसअघि अमेरिकाले भेनेजुएलाको तेल ट्याङ्कर कब्जा गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र बाहिरिने प्रतिबन्धित तेल ट्याङ्करहरूलाई ‘नाकाबन्दी’ गर्ने आदेश दिएको बताएपछि यो कदम चालिएको हो । अमेरिकी सुरक्षा बलहरूले डिसेम्बर १० मा पनि भेनेजुएलाको तटबाट एक तेल ट्याङ्कर कब्जा गरेका थिए ।
अमेरिकी अधिकारीहरूले व्यापारिक जहाज कब्जा आपसी सम्झौताद्वारा गरिएको भनेका छन् । अधिकारीहरूले जहाजमाथि चढेर यसलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।
भेनेजुएलाले पछिल्लो अमेरिकी कब्जाको निन्दा गर्दै यसलाई ‘चोरी र अपहरण’ भनेर वर्णन गरेको छ । भेनेजुएलाले पहिले पनि अमेरिकालाई आफ्नो स्रोतहरू चोर्न खोजेको आरोप लगाएको थियो ।


प्रतिक्रिया