काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आज एक कार्यक्रमबीच उक्त समूहले आन्दोलनको घोषणा गरेको हो ।
भोलि माइतीघरमा ११ बजे भेला हुन पनि ढुंगानाले आव्हान गरेका छ्न् ।
भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ ।
कार्की सरकारले जेन-जी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेतृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग समेत गरेका छन् ।


प्रतिक्रिया