काठमाडौँ । माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेन जेड अभियन्ताहरूलाई प्रहरीले अघि बढ्न दिएको छैन। जेन जेडका अगुवा मिराज ढुंगानासहितको टोलीले आजदेखि माइतीघरमा आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।
तर, प्रशासनबाट अनुमति नपाएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेन–जेड अभियन्ताहरूलाई प्रहरीले रोकेको हो। सो क्रममा धकेलाधकेलसमेत भएको जनाइएको छ। प्रदर्शनकारीहरू जम्मा हुन थालेको सूचना पाएलगत्तै प्रहरीले माइकिङ गरेर भीडलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिबिना कुनै पनि किसिमको सभा-सम्मेलन गर्न नपाइने भन्दै प्रहरीले प्रदर्शनकारीलाई आ-आफ्नो गन्तव्यतर्फ लाग्न आग्रह गरेको छ । सुरक्षार्थ खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रशासनको अनुमति लिएर मात्रै कार्यक्रम गर्नुपर्नेछ । अनुमति नलिकन कार्यक्रम गर्न आउनुभएको छ भने तपाईंहरू आफ्नो गन्तव्यतिर गइदिनुहोला ।’


प्रतिक्रिया