महामन्त्री विश्वप्रकाश शर्मा चुनावी दौडबाट किन भागे ?

महामन्त्री विश्वप्रकाश शर्मा चुनावी दौडबाट किन भागे ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । कांग्रेस कार्यसमितिको बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

महामन्त्री शर्मा चुनावी दौडबाट किन बाहिरिए भन्ने प्रश्नको जवाफमा सर्वसधारणले भन्ने गरेका छन्– ‘पराजीत हुने भयले ।’ यो जवाफमा ९० प्रतिशत सत्यता रहेको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका मेघराज राउतले बताए । निन्दा खोलाको पुल निर्माणमा पहल गर्छु भनेर हिडेका शर्मा यही विचारर्नीको बाटो हिड्छन्, तर, पुल बन्यो वा बनेन भनेर सोधीखोजी गर्दैनन् ।

निर्वाचन क्षेत्रमा उनको निस्कृयताले चुनावमा नउठ्ने घोषणा गर्नु स्वभाविक रहेको झापा कांग्रेसका नेताहरु बताउँछन् । जनताको सेवक बन्छु भनेर निर्वाचित हुने, त्यसपछि हिमाल चढ्ने, विदेश घुम्ने, सामाजिक सञ्जाल र परिवारमा रमाउनेले कांग्रेस राजनीति गर्नुभन्दा छोडेकै ठीक हो । ती नेताले भने, ‘यसले पार्टीलाई थप ड्यामेज गर्दैन, आफ्नो जे इच्छा हो, त्यो पार्टी राजनीतिभन्दा बाहिरै बसेर पूरा गर्दा राम्रो हुन्छ ।’

झापा– १ का जनताले गत निर्वाचनमा ३९६२४ मत शर्मालाई दिएका थिए । एमालेका अग्निप्रसाद खरेलले शर्मालाई चुनौति दिएका थिए । उनले २५३४९ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमनाथ भण्डारीले ८५६४ मत पाएका थिए ।

यसपटक रास्वपाले पार्टीका सहप्रवक्ता रमेश प्रसाईलाई झापा–१ बाट उम्मेदवार बनाउँदैछ । प्रसाईं प्रखर वक्ता मात्र होइनन, गायन क्षेत्र र जनजीवनमा भिजेका व्यक्ति हुन् । सबै कोणबाट विश्वप्रकाश शर्माभन्दा योग्य प्रसाईंका अगाडि पराजित हुने मानसिकताले झापा–१ बाट एकल सिफारिस भए पनि उम्मेदवार नबन्ने घोषणा गरेका हुनसक्ने झापा कांग्रेसको विश्लेषण छ । प्रसाईसँग पराजित भए पार्टीमा कद घट्ने भयले पनि उनी उम्मेदवार बन्नबाट भागेको हुनसक्ने बताइएको छ ।