काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता

काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता


ग्लोब नेपाल
540
Shares

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सञ्चार मन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् ।

भेटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । आजै खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ ।