काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको ‘क्याम्प’ बाट प्रहरीले हतियार बरामद गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–११ बोक्सेस्थित सो पार्टीको ‘कम्युन’ बाट हतियार बरामद गरिएको हो ।
उक्त स्थतानमा हतियार रहेको सूचना पाएपछि जिल्ला कार्यालयका डिएसपी दिवस जिसी नेतृत्वको टोली शुक्रबार त्यहाँ पुगेर छापा मारेको थियो । त्यस क्रममा दुई थान भरुवा बन्दुक, ग्रिनेड, कुकर बम, बारुद र विद्युतीय धराप थाप्न प्रयोग हुने बिजुलीको तारसहितका पदार्थ बरामद भएको डिएसपी जिसीले बताए ।
भरूवा बन्दुक बाहेक सबै विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । यसैबीच आफ्नो क्याम्पमा छापा मारेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आपत्ति जनाएका छन् । उनले उक्त घटनालाई ‘राज्यको श्वेत आतंक’ को संज्ञा दिए ।
शान्तिपूर्ण निर्वाचनको वातावरण बनाइरहेको प्रचार गर्ने सरकारले माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहँदैन भन्ने पुष्टि भएको आरोप विश्वकर्माले लगाएका छन् । उनले सरकार देशलाई अशान्तितिर धकेल्न उद्धत रहेको टिप्पणी गरे ।


प्रतिक्रिया