निर्वाचनको विकल्प खोजे देश दुर्घटनामा पर्न सक्छ : ‘प्रचण्ड’

निर्वाचनको विकल्प खोजे देश दुर्घटनामा पर्न सक्छ : ‘प्रचण्ड’


ग्लोब नेपाल
135
Shares

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल’प्रचण्ड’ले जेन जेड आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् ।

पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ ।

आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो देशलाई निकास दिने अब निर्वाचन मात्रै सबभन्दा राम्रो विकल्प हो । अन्य विकल्पतिर सोच्यो भने फेरी देश अर्को दुर्घटनामा पर्छ ।’

निर्वाचनबाटै देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा लैजान सकिने उनले बताए । सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको पनि प्रचण्डले बताए ।

उनले भने, सबै राजनीतिक दलहरू पनि विभिन्न उतारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु।’

संयोजक दाहालले जेन जेडहरुको राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताए ।