बिर्तामोड । नेपाल प्रहरीले झापाको बिर्तामोडमा दुई वटा डान्स बारमा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले दुई वटा सञ्चालितमध्ये डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।
गए राति साढे १२ बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका-२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्ला गोल बजार-१ बका २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रशासनले तोकेको समयलाई बेवास्ता गर्दै राति अबेरसम्म डान्स बार खोलेर सञ्चालन गरिरहेको भेटेपछि बारका कर्मचारीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया