कांग्रेसको समानुपातिक सूची : पूर्वराष्ट्रपतिका छोराको नाम दुई ठाउँमा

कांग्रेसको समानुपातिक सूची : पूर्वराष्ट्रपतिका छोराको नाम दुई ठाउँमा



काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाउँदा लापरबाही गरेको पाइएको छ । मंगलबार बिहान कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम दुई ठाउँमा छ ।

कांग्रेसले बुझाएको सूचीको ३१ नम्बर र ७८ नम्बरमा डा. यादवको नाम राखिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्राविधिक त्रुटिका कारण दुई ठाउँमा परेको र सच्याइने जानकारी दिए ।

‘हतार हतारमा काम गर्नुपर्दा प्राविधिक त्रुटिका कारण दुई ठाउँमा नाम परेको हो,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘त्यो सच्याइन्छ । यो ठुलो बनाउनुपर्ने विषय होइन । सच्याउने समयभित्र सच्याएर अर्को नाम राख्छौँ ।’