अब नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ : मन्त्री सिन्हा

अब नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ : मन्त्री सिन्हा



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनाए स्थायित्व प्राप्त हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको संवादमा मन्त्री सिन्हाले एउटा कुनै राजनीतिक दलले सरकार बनाउन नसके विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनाए स्थायित्व आउने बताए ।

“मुलुकमा शान्ति चाहियो । त्यसका लागि स्थीर सरकार चहियो । एउटा पार्टीले सरकार बनाउन सक्दैन भने विचार मिल्ने पार्टीले सरकार बन्ने हो भने राजनीति स्थायित्व दिन्छ,” उनको भनाइ छ ।

अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्ने मन्त्री सिन्हाको भनाइ छ । “अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ । जोसँग सकारात्मक सोच छ र केही गरौँ भन्ने सोच भएकाहरूलाई अघि बढाउनुपर्छ । यो एउटा प्रतिबद्धताको जरुरी छ,” उनले भने ।