नयाँ रास्वपालाई सुमनाकाे बधाई- नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्नुहोला

नयाँ रास्वपालाई सुमनाकाे बधाई- नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्नुहोला



काठमाडौं । रवि लामिछाने नेतृत्वको रास्वपा छाडेकी पूर्वमन्त्री समेत रहेकी सुमना श्रेष्ठले आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको प्रष्टीकरण दिएकी छन् ।

काठमाडौंका मेयर बालेन शाह, उर्जामन्त्री कुलमान घिसिङ पनि रविलाई नेतृत्व स्वीकारे समाहित भएपछि जनताको चाहना बलियो नयाँ शक्ति बनाउन पहल गर्ने सबैलाई धन्यवाद र शुभकामना दिएकी छन् । उनले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्ने विश्वास व्यक्त गरेकी छन् ।

नयाँ रास्वपालाई शुभकामना छ । जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ । बधाई छ ।

म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन । रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन । देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेण्डा छैन मेरो । राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साइबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकी रहँदैन । नयाँ रास्वपामा नयाँ पुराना साथीहरूले अहिले उठाउनु भएको प्रश्नहरू अहिलेको नेतृत्वले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौँ । सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्छ भन्ने ज्ञात रहोस् ।

मेरो राजनीतिक यात्राबारे मलाई सोधेर भन्दा अनुमानका भरमा समाचार र धारणा नबनाइदिनुहोला । म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि जनता माझ थिए र अनवरत छु । दल, चिन्ह, पद, भूमिका सबै अस्थायी हुन् जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो । म प्रति को चासो र चिन्ता को लागि धन्यवाद १ केही नियोजित गाली बाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईँहरूले म प्रति देखाउनु भएको माया भन्ने बुझेकी छु ।

मेरो राजनैतिक भविष्यको चिन्ताको सट्टा देश र तपाइलाई भरोसा लाग्ने पार्टी भित्रको लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चिन्ता लिनु होला । त्यो बिना जो जहाँ बाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्ने छ ।

नयाँ रास्वपामा नयाँ सम्भावनाहरूले फल्ने फुल्ने वातावरण मिलोस् । शुभकामना। बधाई भन्न पाइयोस् ।