ओली-प्रचण्ड गोप्य भेटवार्तामा एकता र राष्ट्रियसभा निर्वाचनबारे कुराकानी

ओली-प्रचण्ड गोप्य भेटवार्तामा एकता र राष्ट्रियसभा निर्वाचनबारे कुराकानी


ग्लोब नेपाल
216
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गोप्य भेटवार्ता पुराना दलहरू मिल्नैपर्ने दबाब बढिरहेका बेला दुई नेताबीच भेटवार्ता भएको छ ।

भेटको सूचना दुवै नेताका सचिवालयले गोप्य राखेका छन्। भेट सोमबार भएको समाचारस्रोतको दाबी छ । भेटमा आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका विषयमा कुरा भएको छ ।

यसबाहेक फागुन २१ मा हुने प्रतिनिधि सभामा मिलेर जाने विषयमा पनि छलफल भएको स्रोतले जानकारी दियो । राष्ट्रिय सभा निर्वाचनमा १ महिना पनि समय बाँकी छैन । स्रोतका अनुसार यो निर्वाचनका लागि नेकपा संयोजक प्रचण्डले दुई ठूला दलसँग समानान्तर कुरा गरेर च्याँखे थापेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एक्ले लडेमा शुन्य हात लाग्ने अवस्थामा छ । समाचार स्रोतका अनुसार प्रचण्ड अहिले दुवै ठूला दलका लागि उपलब्ध छन्, जसले ठूलो मूल्यसहित फागुन २१ मा पनि सहयात्रा गर्न सक्छ उनी उतै जान सक्छन्। प्रचण्ड नेकपा एमाले वा कांग्रेस जुन दलसँग मिल्यो नतिजा उतै जाने स्थिति छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मात्र मतदाता हुने भएकोले जेन–जी आन्दोलनपछिको माहोलले यो निर्वाचनलाई फरक पार्ने स्थिति छैन। अहिले राष्ट्रिय सभाका १९ सदस्य पद रिक्त हुन लागेको हो । तीमध्ये १८ जना निर्वाचनका माध्यमबाट राष्ट्रिय सभा सदस्य भएका हुन् भने एक जना एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।